मध्यपहाडी राजमार्गमा काम गर्ने ३ निर्माण कम्पनी कालोसूचीमा..(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मध्यपहाडी राजमार्गमा काम गर्ने  ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सुचना जारी गर्दै मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने एमपी, एससीएफ ईसीसी जेभी सुर्खेतलाई कालोसूचीमा राखेको हो ।

एमपी-एससीएफ-ईसीसी जेभीमा पश्चिम बंगाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एण्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज पौडेल नेतृत्वको एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा छन् । उक्त कम्पनीलाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

त्यस्तै, भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङ पनि दुई वर्षसम्मका लागि कालोसूचीमा परेको छ । भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई कालोसूचीमा राख्न पोखरा महानगरपालिकाले सिफारिस गरेको थियो । यो कम्पनीका मुख्य व्यक्ति भावेश बोहोरा छन् ।

कालोसूचीमा परेकाहरूले कालोसूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायका खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्