राष्ट्रपति पौडेलसमक्ष जापानी राजदूतको शिष्टाचार भेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । राष्ट्रपति र जापानका राजदूतबीच बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको नि:शर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरेका छन् । साथै, उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका छन् ।

यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्