प्रधानमन्त्री कप क्रिकेट: कोशी प्रदेशलाई १ सय ४० रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि १ सय ४० रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १ सय ३९ रन बताएका हुन् ।

उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनले ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै, सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडेकी हुन् । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बताएकी छिन् ।

कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछन् भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्