अमेरिकालाई उसकै मैदानमा नेपालको क्लिन स्विप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले अमेरिकालाई उसकै मैदानमा टी–ट्वेन्टी सिरिजको तीन खेलमा क्लिन स्विप गरेको छ । सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।

नेपालले ६ महिनापछि लगातार तीन खेलमा जित दर्ता गरेको छ। कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग-टू सिरिज खेल्ने तालिका छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्