अब मोबाइलमै लाइसेन्स …

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सवारी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । यो सेवा आइतवारदेखि विशेषगरी काठमाडौँ उपत्यकामा लागू भएको छ । यो सुविधासँगै नागरिक एपमार्फत नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था पनि शुरू भएको छ ।

यो सेवा उपयोग गर्नको आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नागरिकताको फोटो र स्मार्ट लाइसेन्समा भएको क्यूआर कोडको फोटो एपमा अपलोड गर्नुपर्छ । यदि स्मार्ट लाइसेन्स छैन भने लाइसेन्स नम्बर मात्रै राखेर पनि सेवा प्रयोग गर्न सकिन्छ । यसरी सबै प्रक्रिया पूरा गरेपछि यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्