काठमाडौँ। सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।