धम्की दिएर पैसा माग्ने एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। धम्की दिएर पैसा मागेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले गएको असोज २१ गते राति चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीका म्यानेजरको मोबाइलमा ‘एसएमएस’ गरेर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।

तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्