ओली सरकारको सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै छैनः नारायणकाजी श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले वर्तमान सरकारको सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न नपर्ने बताएका हुन्

उनले बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको बताए । अहिलेको देशको परिस्थिति दुई वटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको उनको भनाइ छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गरे ।

‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भने, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भइरहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन रु किन उनीहरूलाई कानुनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । त्यो सही पनि छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्