सेयर बजार २७.४१ अंकले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार २७.४१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ । नेप्सेका सबै सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ ।

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे । जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो ।

पाँचथर पावरको मूल्य ६.०२ प्रतिशत घट्यो । कालिन्चोक दर्शनको ४.३५, समृद्धि फाइनान्सको ३.९६, विन नेपाल लघुवित्तको २.८९, एसबीआई बैंकको २.६३ प्रतिशत मूल्य घट्यो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्