काठमाडौँ । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास गरिरहेको सूचना पाएको बताएका छन् । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
साथै, उनले आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने पनि बताए । ‘जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर सदनबाट संघर्षको सुरुवात गरिनेछ । एजेन्डा सेट सदनबाट गरिनेछ । ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ । हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं,’ प्रचण्डले भने ।