रविलाई गरिएको व्यवहारबारे आयोगले थाल्यो अनुसन्धान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विषयमा प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान थालेको छ।

आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको उजुरीमा विषयमा अनुसन्धान सुरु गरेको हो ।

यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको उनले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्