रविको बयान भइरहँदा वीरगन्जमा रास्वपाको विरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पर्सामा विरोध प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले मंगलबार पर्साको वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले ुरवि लामिछानेलाई न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गरुलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई सोमबार नै पर्सा पुर्‍याइएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्