पुस १७ गतेदेखि सेनेटरी प्याड निर्यात रोकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आगामी पुस १७ गतेदेखि सेनेटरी प्याड निर्यात रोकिने भएको छ । भारतीय निकाय बीआईएस (भारतीय मानक ब्युरो) ले आयात हुने सबै सेनेटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेका कारण प्याड निर्यात रोकिने भएको हो ।

स्वदेशी उद्योगको संरक्षण गर्न भन्दै भारतले एक वर्षअघि नै बीआईएस (ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गरेको थियो । बीआईएस लागू हुनासाथ नेपालबाट निर्यात हुने प्याड र बेबी डाइपरसमेत रोकिएको थियो । लगत्तै भारतले २३ अक्टोबरमा एक सूचना जारी गर्दै जनवरी १ देखि लागू हुने भन्दै दुई महिनाका लागि म्याद थप गरेको थियो ।

बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आए पनि थप प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले फेरि सेनेटरी प्याड निर्यात रोकिने जस्मिन हाइजिन प्रोडक्टका सीईओ पुनित शारडाले बताए ।

भारतले फेरि म्याद थप गरेको खण्डमा मात्रै सेनेटरी प्याड निर्यात नरोकिने उनले बताए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्