काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । राबिहीबार सामाजिक सञ्जालमा लेख्दै ढकालले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएकाले कुनै पनि प्रकारको हिनामिनाको सम्भावना नरहेको बताएका हुन् ।
ूरास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन,ू उनले भनेका छन् ।
तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ । आफूले काटेको चेक कुनै हिनामिनामा संलग्न नरहेको दाबी गरेका उनले त्यसको पूरै जिम्मेवारी लिने बताएका छन् ।
उनले फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिन गर्न पनि माग गरेका छन् ।