भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । श्रेष्ठ त्यसयता फरार थिए । शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भोटले बताए । अदालत‌मा पेश गरेपछि उनी फैसला कार्यान्वयन‌को लागि कारागार बस्नुपर्नेछ ।

उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्