काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन भएकामा आज आज बिहीबार न्यूनतम तापक्रम घटेर ४.५ डिग्री मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी