संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गठबन्धनको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विपक्षी दलसँग छलफलका लागि मुख्य जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ ।

कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी थिए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्