आजदेखि एमालेको विधान महाधिवेशन: करिब ६ हजार प्रतिनिधिहरु सहभागी हुने

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेको विधान महाधिवेशन आजबाट  सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आज मध्यान्ह १२ बजे  विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

आजै कार्यक्रमको बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। कार्यक्रममा  पार्टी केन्द्रीय कमिटीका सदस्यहरु,  प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु सहभागी हुने छन् ।

कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्