Skip to content

विकास बैंकहरुले कमाए ८० करोड बढी नाफा

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२-८३ को साउनमा करिब ८० करोड रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको साउनमा ७९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका हुन्।

अघिल्लो वर्ष २०८१-८२ को साउनमा यी बैंकहरुले ७४ करोड २७ लाख रपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी बैंकहरुको नाफा ७.६० प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५ वटा बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ। सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्