काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०६ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज मेन्छियाम हाइड्रोपावरको शेयर साढे १० प्रतिशतले बढेको छ । भिजन लुम्बिनी ऊर्जाको शेयर झन्डै साढे ८ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम घटेको छ । गएको शुक्रवार ३ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ३६० वटा कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ३ अर्ब ८२ करोड रुपैयाँम किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्