Skip to content

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी हुनेरनहुनेबारे सर्वोच्चमा आज हुँदैछ छलफल

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं  । प्रहरी महानिरीक्षक (आइजिपी)को पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर भएको रिटमा आज अन्तरिम आदेश जारी हुनेरनहुने विषयमा छलफल हुने भएको छ।

सोमबार सर्वोच्च अदालतमा न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षको छलफल हुने भएको हो।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि अन्तरिम आदेशको छलफल गर्ने गरी मिति तोकेको थियो।

आजको दिनमा मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत ल्याउन आदेश दिएको थियो।

त्यस्तै, सरकारका नाममा सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जबाफ पेस गर्न पनि बताएको छ।

यो मुद्दाको प्रकृति र संवेदनशीलतालाई विचार गरी अग्राधिकार समेत प्रदान गरेको थियो। कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो।

त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णय समेत गरेको थियो।

त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार