काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनमा सुनको मूल्य घटेर कारोबार हुँदै आएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्