Skip to content

ओलीको चेतावनी– ‘एमालेमाथि प्रहार नरोकिए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा उतार्छौँ’

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकारले जुनसुकै बेलामा प्रतिसोध राखेर पक्राउ गर्नसक्ने बताए।

उनले यसअघि आफू पक्राउ गर्दा हजारौँको सङ्ख्यामा सडकमा निस्किएको भएपनि अब प्रतिसोध साँध्न खोजे हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा आउनुपर्ने बताए।

उनले भने, ‘मेरो गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई सरकारले वैरभावपूर्ण ढङ्गले हेर्‍यो, सयौँ कार्यकर्ता देशभरिको शरीरभरि नीलडाम छ। अहिलेसम्म कति जना ह्विलचियरमा छन्, कति जना वैशाखी टेकेर हिँडेका छन्। त्यसको जवाफ दिनुपर्छ कि पर्दैन रु किन प्रहार गरेको थियो ?’

उनले के सडकमा शान्तिपूर्ण ढङ्गले निस्किन नपाइने हो रु भन्दै प्रश्न गरे।

उनले थपे, ‘देशभरि लखेटीलखेटीकन सडकबाट मात्रै होइन, सडकबाट भागेर घरघर भित्र, पसलभित्र गएर लुक्दा पनि तानेर ल्याएर, कहिलेको प्रतिशोध साँधेको रु आइन्दा हाम्रो कार्यकर्ता पङ्क्तिलाई त्यस ढङ्गको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ।’

शान्तिपूर्ण ढङ्गले सडकमा उत्रिँदा पनि दमन गरेर अब एमाले चुप नबस्ने बताए।

ओलीले थपे, ‘अब त्यस ढङ्गले निर्मम प्रहार गरिन्छ भने नेकपा एमाले चुप लागेर बस्ने छैन। केही हजारका दरले निस्कियो होला त्यतिबेला, अब लाखका दरले हरेक ठाउँमा निस्किनेछ। एमाले एउटा मजबुत, बलियो सङ्गठन भएको शक्ति हो।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार