साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साहस उर्जा लिमिटेडको आइपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिने जनाएको छ । क्यापिटलले आगामी आइतबारआफ्नै कार्यालयमा साहस उर्जाको आईपीओ बाँडफाँड गर्ने जनाएको हो ।

यस कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन दिएका थिए । यस आधारमा ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ भने भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्