साहस उर्जाको आईपीओ बाँडफाँट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साहस उर्जा कम्पनीले सर्वसाधारण(SUL)को लागि विक्रिमा ल्याएको प्राथमिक सेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले सेयर हात प्राप्त गरेका छन्।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सयेर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्