५६ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ११ करोडभन्दा माथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

आज २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्