६ दिने नवालक सहित तीन जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा  – दोलखाको तामाकोसी गाउँपालिका को झुले मा घरभित्र निसास्सिएर ६ दिने नवालक सहित तीन जनाको मृत्यु भएको छ ।

सुत्केरी सेकाउन आगो वालेर झ्यालढोका थुनेर सुतेका सुत्केरी, उनका श्रीमान र नावालक विहान मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा २७ वर्षिय श्रीमान श्याम तामाङ अन्दाजी २५ वर्षिया सुत्केरी महिला अम्विका तामाङ, उनका ६ दिने नवालाक रहेको वडा सदस्य नानीकाजी तामाङले जानकारी दिए ।

उनीहरुको निसास्सिएर मृत्यु भएको स्थानीयले बताएका छन् । घट्नास्थल पुगी घट्नाको अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्