त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गरे । हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई निशुल्क सेवा दिने मन्त्री आलेले जानकारी दिए । त्यस्तै गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारका लागि विमानस्थलमा आराम गर्नका लागि बिश्राम गर्न कक्ष निर्माण गरिएको उनले बताए ।

मन्त्री आलले आफुले मन्त्रीको जिम्मेवारीमा रहुन्जेलसम्म बिमानस्थलमा सुधारउन्मुख कार्य गर्ने प्रतिवद्धता जनाए । विश्राम कक्षमा बैदेशिक रोजगारमा जाने श्रमिकका लागि बिभिन्न सुविधान उपलव्ध गराइएको छ । त्यस्तै कक्षमा बिमानस्थलभित्र कुनै समस्या परे गुनासो गर्नका लागि पर्यटन मन्त्रालय र बिमानस्थलको हटलाइन नम्वर राखिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्