Skip to content

मागपत्र बुझाउन आएका जेन–जीलाई प्रवेश निषेध, प्रहरीको धकेलाधकेल

कालोपाटी

२ हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ ।

हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्