रु दुई करोड ६५ लाखको लगानीमा फुर्वालाखाङग गुम्बा बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा नगरपालिकाकै ठूलो फुर्वालाखाङग गुम्बा निर्माण सुरु भएको छ । विसं २०७२ मा गएको गोर्खा भूकम्पले भत्केको मकैबारीस्थित लामाटोलमा रहेको सयौंवर्ष पुरानो फुर्वालाखाङ गुम्बाको पुनः निर्माण सुरु गरिएको हो । पर्यटन विकास आयोजना वाग्मती प्रदेश सरकारको रु दुई करोड ६५ लाखको लगानीमा पक्की गुम्बा निर्माण गर्न लागिएको हो ।

नगरपालिकाकै सभ्यतासँग जोडिएको फुर्वालाखाङग गुम्बा १८ महिनामा सम्पन्न गरी सक्ने लक्ष्य छ । अठार महिनामा काम सम्पन्न गर्ने गरी तिरुपाते निर्माण कम्पनीले निमाणको जिम्मा पाएकामा १४ महिनाभित्रै निर्माण सम्पन्न गरी हस्ताणरण गरिने कम्पनीका प्रोपाइटर सुदम कार्कीले बताए ।

गोर्खा भूकम्पले ढलेको सयौँ वर्ष पुरानो गुम्बा लगानी अभावको कारण पुनःनिर्माण हुनसकेको थिएन । नगरपालिकाको समन्वयमा निर्माण गरिन लागेको उक्त भवन ऐतिहासिक सम्पदा रहेको र त्यसको समयमानै पुनःनिर्माण गर्नको लागि प्रत्यक्ष रुपमा निगरानी गरिने नगर प्रमुख भरत केसीले बताए । गुम्बा सयौं वर्ष पहिलेदेखि भए पनि २५ वर्षअघि मात्र दर्ता गरिएको थियो ।

पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्केका गुम्बा पुनःनिर्माण गर्नका लागि दर्ता भएको एक सयवर्ष पूरा भएको हुनुपर्ने भएका कारण निर्माण हुनसकेको थिएन । सयौँ वर्ष पुरानो भए पनि पुनःनिर्माण प्राधिकरणअन्तर्गत गुुम्बा निर्माण हुन नसकेपछि नगरपालिकाको समन्वयमा पर्यटन विकास आयोजनाले रु दुई करोड ६५ लाख रकम विनियोजन गरेको थियो ।

वौद्ध धर्मलम्वीको आस्थाको प्रतिक गुम्बा निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । नगरपालिका विभिन्न वडाका भक्तजनले पूजा गर्दै आएको धेरै पुरानो गुम्बा कागजी प्रकिया नमिलेका कारण पुर्ननिर्माण हुनबाट वञ्चित बनेसँगै गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी विनोद तामाङले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्