एमालेले स्थायी र पोलिटब्यूरो सदस्य चयन, केन्द्रीय सदस्यमा ४४ जनालाई मनोनित

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । नेकपा (एमाले)ले स्थायी र पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा ४४ जनालाई मनोनित गरेको छ । आइतबार भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठन समेत गरेको छ ।  केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको हो ।

पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानभुक्त ढकाल लगाएत रहेकाछन्  । त्यस्तै बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीमा अनुमोदन गरेको हो । कमिटीमा २२ नयाँ अनुहार समेटिएका छन् । यस्तै ६ महिला पनि कमिटीमा परेका छन् ।

त्यस्तै बैठकले २९ जना पुरुष र १४ जना महिलासहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले पार्टी बिधान संशोधनका लागि बिष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा खगराज अधिकारी र रमेश बडाल रहेको पोखरेलले बताए । त्यस्तै बैठकले पौष २३ गते देशैभरी जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्य समिति चयन गरेको छ । बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकेको छ । बैठकले ३०१ केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गरेको छ भने फागुन महिनामा पार्टीको जनवर्गिय सदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्