बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन प्रतियोगितामा सहभागी खेलाडीहरुलाई विदाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको छ ।

राजधानीमा आज भलिबल संघले एक कार्यक्रमको आयोजना गरेर पर्सिबाट आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबसंघका पदाधिकारीले बिदाई गरेका हुन् । दुबै टोली टोली भोली १२ बजे ढाका प्रस्थान गर्नेछ । विदाई पछि नेपाली पुरुष टोलीका कप्तान इमराना मगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए ।

पुरुष तर्फको टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । घरेलु प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेका मान बहादुरले भलिबलमा पुनरागमन गर्न पाएर राष्ट्रका लागि खेल्न पाउँदा निकै खुसी भएको बताए । श्रेष्ठले बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेर पदक ल्याउन मिहिनते गर्ने बताए ।

यस्तै साविक विजेता महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ । कप्तान अरुण शाहीले विगतको सहभागितामा भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षाका लागि खेल्ने बताईन् । टोलीमा नयाँ र अनुभवि खेलाडीको समिश्रण भएकाले अघिल्लो संस्करणमा भन्दा राम्रो प्रदर्शन गरेर स्वदेश फर्किने बताईन ।

प्रतियोगितामा महिला टोलीतर्फ अघिल्लो संस्करणको टोलीमा ब्यापक हेरफेर गरिएको छ । यो संस्करणमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन । यस्तै शान्ती थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन् ।

डिसेम्बर २१ देखी २९ तारिख सम्म आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ पाँच टोलीले सहभागिता जनाउँदै छन् भने महिला तर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने छ । यस्तै महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र को सहभागिता रहने छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्