नेपालमा आइतबार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा आइतबार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ८ सय ३१ पिसिआर परिक्षणका क्रममा १ सय ३३ जना र ५ हजार ४१ वटा एन्टीजेन परिक्षणका क्रमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ७ सय १७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ८ सय ९२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्