‘एमालेले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेका छन्’ :अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाका हुन् ।

आईतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गरे ।  उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गरेको तर्क समेत गरे । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्विकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्याए ।

उनले भने ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधिन मुद्धाहरुमाथि बहस गर्न पाईदैन । छलफल गर्न पाईदैन संसदमा । ती विषय संसदमा ल्याउन पाईदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराईरहेको, चिच्याईरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर । त्यसो हुनाले तपाईलाई थाहा छ–हाम्रो पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थियौं । त्यतिखेर जव हामीले उहाँको नाम अगाडि सारेका थियौं । सारिसकेपछि अदालतले फैसला गयो । त्यो फैसला के गयो भने कि यस प्रक्रियामा संविधानको धारा ७६ को उपधारा ५ अन्तरगत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्वीप उलंघन लाग्दैन । ह्वीप उलंघन गरेको ठहरिदैन । अदालतले गरेको आदेशमा लेखिएको छ, त्यस्तो अवस्थामा ह्वीप लाग्दैन । अदालतको फैसलालाई सम्मान गर्नुपर्ने । कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्य पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अंगीकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौति दिने काम गर्छ । संविधानलाई चुनौति दिएरै संविधान विपरितको कदम चालेको तपाईलाई थाहा छ

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताए । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्