केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको अध्यक्ष प्रचण्को आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनु भएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हन् । उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना बिपरित् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने बताए ।

अध्यक्ष दाहाल ले भने ‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिन भित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन । तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली काँग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनु भयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । यो भन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरु केही हुन्छ ? उहाँको अघि यो त प्रस्ट नै छ । निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ । संसदले स्वीकार गरेको छ । ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ । त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्र बिरोधी निरंकुश हो भन्ने कुरा पस्ट नै देखिन्छ ।’

अध्यक्ष दाहालले संसद अवरोध गरिरहेकम कारण गठबन्धन तोड्नु रहेको बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गरे । अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।

अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्