नेप्से परिसूचक ९२.१६ अंकले बृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि बढेको छ ।

गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबार देखि सेयर बजार उकालो लाग्न थालेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले मंगलवारबाट नेप्से परिसूचकमा हरियाली छाउन थालेको छ । मंगलवार ५६.७३ अंकले बढेको नेप्से बुधवार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको छ ।

पछिल्लो समय निरन्तर रुपमा बजार घटेर २३ सय बिन्दु भन्दा तल झरेको थियो । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुगेको छ । आज कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधवार नप्सेको कारोबार रकम पनि दोब्बरले बढेको छ ।

आज पनि कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ८.२३ प्रतिशतले बढेको छ । हाइड्रोपावर ६.०३ प्रतिशत, विकास बैंक उपसमूहको ५.५१ प्रतिशतले बढेको छ । भने बैंकिङ्ग उपसमूह २.२२ प्रतिशत, र्निजिवन बिमाको ४.७६ प्रतिशत, लगानी उपसमूहको ५.१९ प्रतिशतले बढेको छ ।

आज चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लागनीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन । साथै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन ।

आज हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारले ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्