‘संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर छैन’ : राजेन्द्र लिङदेन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने पनि बताए ।

अध्यक्ष लिङदेनले नियमित रुपमा संसद अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्