एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी अंक खेल्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलमा सुरुआती अग्रता एनआरटीले बनाएको थियो । खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काए । त्यस्तै खेलको ४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो ।

६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउदै एपीएफलाई हारबाट जोगाए । यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्