क्रिकेटर सन्दीप लामिछाने विस्थलमानबाटै पक्राउ

sandip_lamichane
Ad
  • कालोपाटी सम्बाददाता

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगे लगत्तै विस्थलमानबाटै पक्राउ परेका छन्  । लामिछाने बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर  रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्