भिरबाट ढुङ्गा खसेर लाग्दा एक महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर (आज) बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छिन् ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिईन् । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाने क्रममा बीच बाटोमै उनको मृत्यु भएको बूढीनन्दा नगरपालिकाका वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्