प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (आज) शुक्रबार धनगढी पुगेका छन् । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनीइ विहान धनगढी पुगेका हुन् ।

प्रधामन्त्री दाहालले शुक्रबार धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष दाहाल कैलालीको धनगढी उपमहानगरपालिका-१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् ।

यस्तै, दाहालले १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रम गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्