आइतबारको मौसम: कोशी र बागमतीमा हल्का हिमपात, तराईका केही स्थानमा हुस्सु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाका अनुसार (आज )आइतबार तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्