आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’, कारोबार बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेर सेयर कारोबार बन्द भएको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११:२५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

त्यस्तै,  १२:७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको  नेप्से परिसूचक १ सय ११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको उक्त कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्