पर्यटन प्रवर्द्धनका लागि दोलखाको सैलुुङमा ‘कविता यात्रा’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्यटन प्रवर्द्धनका लागि दोलखाको सैलुुङमा ‘कविता यात्रा’ हुने भएको छ । साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको सैलुुङमा ‘कविता यात्रा’ आयोजना हुने भएको हो ।

दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् । यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउने भएका छन् । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा आगामी पुुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी सैलुुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।

सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छन् भने पुस ६ गते सैलुुङ गाउँपालिका-८ सैलुुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछन् । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुुङको प्रचारप्रसारमा कलम चलाउनेछन् । यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका समाजसेवी सोभित उप्रेतीले गरेका हुन् ।

यस्तै, कार्यक्रमले दोलखाको सैलुुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुुग्ने आयोजकले जनाएको छ । कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्