सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त, २० वर्षभन्दा बढीको कार्यअनुभव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पौष १ गतेदेखि लागु हुने गरी गणेश कुमार केसीलाई नियुक्त गरेको हो ।

उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब २० वर्षभन्दा बढीको कार्यअनुभब रहेको छ । साथै, उनले यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुख भएर काम गरिसकेका छन् ।

कम्पनीले आगामी दिनमा योग्यता तथा कार्य अनुभवले संस्थालाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्