मौसम पूर्वानुमान: हिमाली भू-भागमा हलुका हिमपात, तराईका केही स्थानहरूमा कुहिरो

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार बिहान र बेलुका मौसम धुम्म भइरहे पनि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार (आज) बिहीबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । तराईका केही स्थानहरूमा  हुस्सु-कुहिरो लागेको छ ।
देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्