नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर विक्रीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले (आज) आइतबारबाट ५ लाख २३ हजार १ सय १२ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार १ सय १२ कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा विद्यामान संस्थापक सेयरधनी, व्यक्ति, संघ संस्थाले आवेदन दिन सक्नेछन् । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ ।

यस्तै, सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक वा अन्य व्यक्तिले पुस ६ गते कार्यालयमा समयभित्र विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्