लुम्बिनी प्रदेशमा सात महिनापछि मन्त्रिपरिषद् विस्तार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

यस्तै, नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । आइतबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्