सरकारी अनुदानमा हाते ट्र्याक्टर पाएपछि किसान खुसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा.दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरेका हुन् । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिका-७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताएका छन् । उनले भने, ‘पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन् । कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।’

अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त-७ का स्थानीय खेमराज भट्टले बताएका छन् । उनले भने, ‘गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ । खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।’

किसानले अनुदानमा १ लाख २५ हजार रुपैयाँको लागतमा ट्र्याक्टर पाएका हुन् । खेमराज भट्टले भने, ‘बजारमा किन्दा साढे दुईदेखि तीन लाखसम्म पथ्र्यो, किन्न सकिने अवस्था थिएन । बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ । यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्