बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ९ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्